राष्ट्र बैंकबाट एनसीएचएले नेशनल पेमेन्ट स्वीचको पहिलो चरण सञ्चालनका लागि स्वीकृति
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडल (एनसीएचए) लाई नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको रिटेल पेमेन्ट स्वीच सञ्चालनका लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । नेशनल पेमेन्ट स्वीचको पहिलो चरण अन्र्तगत पूर्वाधार तथा आवश्यक कार्यहरुको तयारी सकिएपछि एनसीएचएललाई स्वीकति प्रदान गरिएको हो ।
विद्युतीय भुक्तानीका उपकरणको प्रयोगलाई सहज, सुलभ र सुरक्षित बनाउन भुक्तानी कार्ड रिटेल पेमेन्ट, क्युआर लगायतका विद्युतीय भुक्तानीका माध्यम बीच अन्तर आबद्धता कायम गर्दै नेपालभित्र हुने कारोबारको भुक्तानी र फरफारक गर्न तथा नेपालको आफ्नै भुक्तानी कार्ड प्रयोगमा ल्याउन नेशनल पेमेन्ट स्वीचको स्थापना गरिएको हो ।
नेशनल पेमेन्ट स्वीच नेपाल क्लियरिङ हाउसले पहिलो चरणमा कार्ड बाहेकका रिटेल कारोबारमा प्रयोग हुने बैंक खाता, वालेट, क्युआर लगायतका भुक्तानीहरुकाो लागि आवश्यक पूर्वाधार तथा भूक्तानी उपकरण स्थापना गरिएको छ । दोस्रो चरणमा कार्डको लागि नेशनल कार्ड स्कीच र नेपाल पेमेन्ट कार्डको लागि आवश्यक कार्य अघि बढाइएको छ ।