युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरी युवालाई आत्मनिर्भर बनाउने हितमा नबिल बैंकको त्रिपक्षीय सम्झौता

२९ कार्तिक २०७८, सोमबार १७:२४

काठमाडौं । तिला गाउँपालिका जुम्ला, राष्ट्रिय युवा परिषद् र नबिल बैंकबीच त्रिपक्षीत सम्झौता भएको छ । युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरी युवालाई आत्मनिर्भर बनाउने हितले त्रिपक्षीय समझदारी भएको हो ।

उक्त सम्झौतापत्रमा परिषद्का प्रशासकीय प्रमुख डा. बाबुराम ढुगांना, गाउँपालिकाका अध्यक्ष रतन नाथ योगी र बैंकका दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझाले हस्ताक्षर गरेका हुन ।अब तिला गाउँपालिकाका स्थानिय युुवाहरुलाई उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत परामर्श तालिम प्रदान गरी उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुराइ युवा प्रवर्दधन तथा रोजगारी सिर्जना गर्न लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*