सुपर मादी हाईड्रोपावरको आइपीओ निष्काशन गर्ने शेयर प्रत्याभूति नियुक्त

२९ कार्तिक २०७८, सोमबार १७:१३

काठमाडौं । सुपर मादी हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई ३१,५०,००० कित्ता शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्य अगाडी बढाउनको लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर प्रत्याभूतिमा नियुक्त गरेको छ ।

सो नियुक्ति सम्बन्धी सम्झौता कार्तिक २८ गते आईतबार सम्पन्न भएको छ। सम्झौतामा सुपर मादी हाईड्रोपावर कम्पनी लिमिटेडलका तर्फबाट कार्यकारी अध्यक्ष पुष्प ज्योति ढुंगाना तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् ।

कम्पनीले कास्की जिल्लाको मादी नदीमा ४४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण गरीरहेको छ । हालसम्म कम्पनीको ८० प्रतिशत भौतिक कार्य सम्पन्न गरेको र कम्पनीले शेयर निष्काशनको अनुमतीको लागि विद्युत नियमन आयोगमा निवेदन पेश गरिसकेको र तँहाको स्वीकृति पश्चात तुरुन्तै नेपाल धितोपत्र बोर्डमा शेयर निष्काशनको अनुमतीको लागि निवेदन पेश गर्ने कुरा कम्पनीका कार्यकारी अध्यक्ष पुष्प ज्योति ढुंगानाले जानकारी गराएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*