थप ४१६ जनामा कोरोना संक्रमण पुष्टि, २७० जना संक्रमणमुक्त

२९ कार्तिक २०७८, सोमबार १७:०५

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज ७ हजार ५५४ जनामा पीसीआर परीक्षण गर्दा ३६७ जनामा र ४ हजार ४४८ जनामा एन्टिजेन परीक्षण गर्दा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, सोमबार पछिल्लो २४ घण्टामा १ जनाको संक्रमितको मूत्यु भएको छ भने २७० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ७ हजार ३११ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*