बैंकमा लगानीकर्ताको आकर्षण, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा सूचिकृत २२८ कम्पनीको ८६ लाख ३६ हजार ६३६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड ४६ लाख ५१ हजार ४४४ रुपैयाँको कारोबार भएको छ ।
आज पूँजीबजारमा हरियाली छाउँदा कारोबार ४ अर्बमाथि सिमित भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा आज महालक्ष्मी विकास बैंक रहेको छ । बैंकको आज एकैदिन ३५ करोड ४६ लाख ४० हजार ८२३ रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै एचआइडिसिएलको २८ करोड ६४ लाख, लुम्बिनि विकास बैंकको २३ करोड ७९ लाख, ज्योेति विकास बैंकको १३ करोड ९२ लाख र अपि पावरको १३ करोड २९ लाख भन्दा माथिको कारोबार भएको छ ।