जनरल इन्स्योरेन्स कम्पनीको खुद बीमाशुल्क आर्जन घट्यो, मुनाफा बढ्यो

२९ कार्तिक २०७८, सोमबार १४:३९

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। यस त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन घटेको पनि खुद मुनाफामा भने सुधार आएको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ३ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६१.२५ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क भने २५ दशमलव ३३ प्रतिशत घटेर ७ करोड २८ लाख रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको सोहि अवधिमा ९ करोड ७५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। पहिलो त्रैमासको अवधिसम्ममा कम्पनीले १७ हजार ८४६ वटा बीमालेख जारी गरी २५ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

यस त्रैमासको अवधिसम्ममा ३४६ वटा दाबी बापत ५ करोड ३१ लाख रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीको हालको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा १० करोड ४७ लाख रुपैयाँ, बीमा कोषमा १२ करोड ८ लाख रुपैयाँ रकम संचित रहेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ३४ पैसा, प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*