रैराङ हाइड्रोपावरको खुद नाफा २८% घट्यो, इपिएस कति ?

२९ कार्तिक २०७८, सोमबार १४:१६

काठमाडौं । रैराङ हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफा २७.७३ प्रतिशतले घट्न पुगेको छ ।

गत वर्ष ५ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको ४ करोड ६ लाख ३४ हजार रुपैयाँ खुद नाफा मात्र आर्जन गरेको छ ।

समिक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी घटेको छ । सो अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ६.२४ प्रतिशतले घटेर ९ करोेड २५ लाख रुपैयाँमा झरेको छ ।

असोज मसान्तसम्म आइपुग्दा कम्पनीले चुक्तापूँजी ५६ करोड रुपैयाँ रहेको छ भने प्रतिशेयर आम्दानी (इपीएस) वार्षिक २९ रुपैयाँ ०२ पैसा र प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ ७८ पैसा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*