सामुदायिक लघुवित्तको नाफा ८४१.१६ प्रतिशतले वृद्धि

२९ कार्तिक २०७८, सोमबार १३:४५

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले खुद नाफामा छलाङ मारेको छ ।

पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफामा ८४१.१६ प्रतिशतले वृद्धि गरी १ करोड ५ लाख ४१ हजार रुपैयाँ पुगको छ । जुन गत वर्ष सोही अवधिमा कम्पनीको खुद नाफा ११ लाख २० हजार रुपैयाँमा सिमित रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी घट्दा सञ्चालन नाफामा भने सुधार आएको छ । सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २.१२ प्रतिशतले घटेको छ । गत वर्ष ४८ लाख ५४ हजार रुपैयाँ सञ्चालन नोक्सानमा रहेको कम्पनी योवर्ष १ करोड ५७ लाख ५० हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ ।

असोज मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिशेयर ३१ रुपैयाँ ९४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ०५ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*