नेशनल माइक्रोफाइनान्सको खुद नाफा १८० प्रतिशतले बृद्धि, अन्य सूचक कस्तो ? 

२९ कार्तिक २०७८, सोमबार १३:१२

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण कम्पनीको खुद नाफामा सुधार भएको छ ।

पहिलौ त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफा १८०.४६ प्रतिशतले बढेर ११ करोड ४५ लाख ९५ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्ष सोही अवधिमा कम्पनीको खुद नाफा ४ करोड ८ लाख ६० हजार रुपैयाँमा सिमित थियो ।

समिक्षा अवधिसम्म कम्पनीको खुद नाफा १८४.३० प्रतिशतले बढेर २४ करोड ६५ लाख १६ हजार रुपैयाँ पुगेको छ भने कम्पनीको सञ्चालन नाफा १८०.४६ प्रतिशतले बढेर १८ करोड १८ लाख ९७ हजार रुपैयाँ कमाएको छ ।

असोज मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिशेयर आम्दानी १०६ रुपैयाँ १८ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ २६० रुपैयाँ ९४ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*