आरम्भ चौतारी लघुवित्तको खुद नाफा १५ प्रतिशतले बृद्धि, अन्य सूचक कस्तो ?

२९ कार्तिक २०७८, सोमबार ११:४७

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा आरम्भ चौतारी लघुवित्तले खुद नाफामा सुधार ल्याएको छ ।

चालु आवको पहिलो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीले गत वर्षको तुलनामा १५ प्रतिशतले बढी खुद नाफा आर्जन गर्न सफल भएको छ । सोही प्रतिशतले बढेर कम्पनीले १ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १ करोड २८ लाख रुपैयाँ खुद नाफा कमााएको थियो ।

साथै यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी बढेको छ भने संचालन मुनाफा घट्न पुगको छ । कम्पनीको खुद ब्याज आम्दानी ६३.५० प्रतिशतले बढेको छ भने संचालन मुनाफा १०.३५ प्रतिशतले घट्न पुगको हो ।

त्यस्तै, कम्पनीको निक्षेप संकलन ६३.५० प्रतिशतले बढेको छ भने कर्जा लगानी ६६ प्रतिशतले बढेको छ । साथै समिक्षा अवधिमा कम्पनीको खराब कर्जा बढेर ४.६२ प्रतिशत पुगेको छ ।

यस अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ ६१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ ११ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*