दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२९ कार्तिक २०७८, सोमबार ०६:४३

काठमाडौं । दुई लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।आरएसडिसी लघुवित्त र लक्ष्मी लघुवित्तले लाभांश प्रयोजनका लागि कात्तिक ३० गते बुकक्लोज गर्ने भएसँगै आज सोमबारसम्म कायम शेयरधनीले मात्र यी दुई कम्पनीको लाभांश पाउनेछन् ।

आरएसडिसि लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ०।५२६३ प्रतिशत नगद लाभांश ९कर प्रयोजनका लागि० गरी कुल १०।५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै, लक्ष्मी लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र ७।३७ प्रतिशत नगद लांभाश कर समेत गरी २७।३७ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ ।

लक्ष्मी लघुवित्तले सोही प्रतिशत लाभांश पारित गर्न मंसिर १० गते बिहान ११ बजेदेखि अग्रवाल भवन कमलपोखरी काठमाडौंमा साधारण सभा आह्वान गरेको छ । साथै आरएसडिसी लघुवित्तले सोही प्रतिशत लाभांश प्रस्ताव पारित गर्न साधारण सभा मंसिर १० गते एशियन होटल कालिकानगर, बुटवल, रुपन्देहीमा बिहान ९ बजे बस्नेगरी आह्वान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*