माछापुच्छ्रे बैंकको एमबिएल कार्डलेस विथड्रअल सेवा संचालन

२८ कार्तिक २०७८, आईतवार १८:४८

काठमाडौं । माछापुच्छ्रे बैंकले एमबिएल कार्डलेस विथड्रअल सेवा संचालनमा ल्याएको छ । बैंकले डिजिटल बैंकिङमा अनुसन्धान र खोजलाई प्राथमिकता राख्दै नवीनतम सेवा सुविधाहरु संचालनमा ल्याएको हो ।

अहिले डेबिट कार्ड प्रयोग गरी एटीएमबाट रकम झिक्दै आएका बैंकका ग्राहकहरुले अब सहज र सरल रुपमा मोबाइल बैंकिङ सेवा उपयोग गरी कार्डलेस विथड्रअल अप्सनमा गई यस बैंकको एटीएमबाट नगद झिक्न सक्नेछन् । यो प्रक्रियामा आएको ओटीपी कोड गोप्य र सुरक्षित राख्न बैंकले आफ्ना ग्राहकहरुलाई आग्रह समेत गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*