नेप्सेको कार्यकारी प्रमुख बन्न ११ जना लाईनमा, कस–कसले दिए आवेदन ?

२८ कार्तिक २०७८, आईतवार १८:३०

काठमाडौं । नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि लागि ११ जनाले आवेदन दिएका छन् । आवेदन दिने अन्तिम दिन आज कात्तिक २७ गते कार्यालय सम्ममा ११ जनाको आवेदन परेको हो । अर्थमन्त्रालयद्धारा गठित पदपूर्ती समितिले आवेदन खुलाएकोमा २७ गते शनिबार परेकाले आज आइतबारसम्म आवेदन लिइएको हो ।

मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका अनुसार अनुसार नेप्सेका कामु प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाँल, नेप्सेकी कामु प्रबन्धक प्रबिन पन्दाक, हाल आरबिबि मर्चेण्ट बैंकिङको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत बद्री प्रसाद प्याकुरेल, धितोपत्र बोर्डका पुर्व कर्मचारी जीवन आम्गाई, आरबिबि मर्चेण्ट बैंकिङका पुर्व प्रमुख कार्यकारी अधिकृत डा. रमेश कुमार भण्डारी, कृष्ण बहादुर कार्की, दिपक गौतम, केशव प्रसाद श्रेष्ठ, गोविन्द प्रसाद दाहाल, छविराज पन्त र रमेश घिमिरेले नेप्सेको प्रमुख कार्यकारी अधिकृत हुनका लागि आवेदन दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*