राष्ट्रिय वाणिज्य बैंक र नेपाल आयल निगमबीच कर्जा प्रवाह सम्बन्धी सम्झौता

२८ कार्तिक २०७८, आईतवार १८:०३

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल आयल निगमबीच सम्झौता भएको छ । तलबी बचत खाता सञ्चालन तथा बिना धितो पेशाकर्मी सरल कर्जा प्रवाह गर्न सम्बन्धी समझदारी भएको हो ।
उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात निगममा २ वर्ष सेवा अवधि पुरा गरेको कर्मचारीले निगमको सिफारिसमा अधिकतम १५ लाख रुपैयाँसम्म बिना धितो पेशाकर्मी सरल कर्जा प्रवाह गर्नछ । बैंकले निगमका कर्मचारीहरुको तलबी खाता सञ्चालन गर्न छ भने २ प्रतिशत प्रिमियम जोडि ब्याजदर कायम गरी कर्जा लगानी गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*