थप ३०६ जनामा कोरोना संक्रमण पुष्टि, ३४८ जना निको, ६ जना संक्रमितको मुत्यु

२८ कार्तिक २०७८, आईतवार १७:३२

काठमाडौं । आईतबार देशभर पछिल्लो २४ घण्टामा थप ३०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार आज ८ हजार ८ जनामा पीसीआर परीक्षण गर्दा २९१ जना र १ हजार ५९८ जनामा एन्टिजेन परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ३४८ जना संक्रमणमुक्त भएका छन भने ६ जना संक्रमितको मूत्यु भएको छ । हाल देशभर ७ हजार २१५ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*