ब्याजदरबारे बैंकहरुलाई राष्ट्र बैंकको दोस्रो पत्र, अधिकतम ब्याजदर सीमा निर्धारण

२८ कार्तिक २०७८, आईतवार १७:०६

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदरमा पुन :अकुश लगाएको छ। राष्ट्र बैंकल आज ब्याजदरमा सम्बन्धी नयाँ निर्देशिका जारी गरेसँगै अबदेखि बैंक तथा वित्तीय संस्थाले औसतमा १० प्रतिशतभन्दा बढी ब्याजदर संशोधन गर्न नपाउने भएका छन्।

नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका इजाजतप्राप्त संस्थाहरुलाई जारी गरिएको निर्देशन २०७७ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।बैंकहरुले मंसिर १ गतेदेखि ब्याजदर बढाउन तयारी गरेका बेला राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।

बैंकहरुले ब्याजदर बढाउन प्रतिस्पर्धा गरिरहेका बेला कात्तिक २ गते अघिल्लो महिना सार्वजनिक भएको ब्याजदरमा १० प्रतिशत मात्र बढाउने जारी निर्देशनलाई आइतबार थप संशोधन गर्दै औसतका आधारमा बढाउन निर्देशन दिएको छ ।
वाणिज्य बैंकहरुले १० प्रतिशतका दरले ब्याजदर बढाउन लागेका बेला केन्द्रीय बैंकले नयाँ निर्देशन जारी गरेर पुनः रोकेको छ । अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीबीचको भेट र शुक्रबार अर्थमन्त्री, गभर्नर र बैंकर्सबीचको छलफलपछि केन्द्रीय बैंक ब्याजदर वृद्धि पुनः रोक्ने निश्कर्षमा पुगेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*