दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम मौका

२८ कार्तिक २०७८, आईतवार १६:२८

काठमाडौं । दुई लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने भोलि (कात्तिक २९) गते अन्तिम मौका रहेको छ ।

आरएसडिसी लघुवित्त र लक्ष्मी लघुवित्तले लाभांश प्रयोजनका लागि कात्तिक ३० गते बुकक्लोज गर्ने भएसँगै भोलि सोमबारसम्म कायम शेयरधनीले मात्र यी दुई कम्पनीको लाभांश पाउनेछन् ।

आरएसडिसि लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै, लक्ष्मी लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र ७.३७ प्रतिशत नगद लांभाश कर समेत गरी २७.३७ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ ।

लक्ष्मी लघुवित्तले सोही प्रतिशत लाभांश पारित गर्न मंसिर १० गते बिहान ११ बजेदेखि अग्रवाल भवन कमलपोखरी काठमाडौंमा साधारण सभा आह्वान गरेको छ । साथै आरएसडिसी लघुवित्तले सोही प्रतिशत लाभांश प्रस्ताव पारित गर्न साधारण सभा मंसिर १० गते एशियन होटल कालिकानगर, बुटवल, रुपन्देहीमा बिहान ९ बजे बस्नेगरी आह्वान गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*