डिजिटल बैंकिङसम्बन्धी देशव्यापी अभियान सुरु गर्दै ग्लोबल आइएमई बैंक

२८ कार्तिक २०७८, आईतवार १५:४९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकिङ्ग सेवाको विस्तारका साथै देशव्यापी रुपमा प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियान सुरु गरेको छ ।

बैंकले कात्तिक २७ गते शनिबार बनेपाको पुल बजारमा एक कार्यक्रम सम्पन्न गरी वित्तीय साक्षरता अभियान सुरु गरेको हो । उक्त कार्यक्रममा २५० जनाको सहभागी रहेको थियो ।

बैंकले स्थानीय तहसम्मै डिजिटल वित्तीय चेतना तथा पहुँच पुर्याउने उद्देश्यका साथ उक्त अभियान संचालन गरेको हो । स्थानीय तहसम्म रहेका सर्वसाधारणसमक्ष डिजिटल बैकिङ्गको प्रयोग र यसका फाइदाहरु बारेमा सर्वसाधारणसमक्ष जानकारी पुर्याउन जरुरी रहेको बैंकले जनाएको छ ।

उक्त कार्यक्रममा बैंकका पदाधिकारी, कर्मचारी लगायत बनेपाका स्थानिय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*