४ कम्पनीको शेयरमा सर्किट लाग्यो, आज सर्वाधिक कमाउने कम्पनी

२८ कार्तिक २०७८, आईतवार १५:१४

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा सूचिकृत २३० कम्पनीको ७४ लाख ३४ हजार ५३७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९ करोड ६२ लाख १९ हजार ५२५ रुपैयाँको कारोबार भएको छ ।नेप्से परिसूचक १.३८ अंकले घट्दा आज ३ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरुमा बोटलर्स नेपाल लिमिटेड, मानुषी लघुवित्त र तेह्रथुम पावर रहेका छन् । साथै महालक्ष्मी विकास बैंकको पनि सर्किट लेभलमा आज कारोबार भएको छ ।

त्यस्तै, कालिका पावरको ६.०३ प्रतिशत , ङादी ग्रुप पावरको ५.९३ प्रतिशतले बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*