नेप्से ४ अंकले घट्दा पौने ४ अर्बको शेयर कारोबार

२८ कार्तिक २०७८, आईतवार १५:०७

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से ४ दशमलव ९५ अंकले घटेर २६८५।३४ को विन्दुमा कायम भएको छ। आज २ सय ३० सूचीकृत कम्पनीहरुको ७२ लाख ३९ हजार ५ सय ८७ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ९५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज आइसिएफसी फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । फाइनान्सको २० करोड माथिको शेयर कारोबार भएको छ। महालक्ष्मी विकास बैंकको पौने १८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
त्यस्तै, बोर्टलर नेपाल मानुषी र तेह्रथुम पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*