आईतबार सर्वाधिक कारोबार भएका टप १० कम्पनी

२८ कार्तिक २०७८, आईतवार १५:०८

काठमाडौं । साताको पहिलो दिन आईतबार नेप्सेमा सूचिकृत २३० कम्पनीको ७४ लाख ३४ हजार ५३७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९ करोड ६२ लाख १९ हजार ५२५ रुपैयाँको कारोबार भएको छ।

आज नेप्से परिसूचक झिनो अंकले घट्दा कारोबार ४ अर्बमा मात्र सिमित भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा महालक्ष्मी विकास बैंक रहेको छ । बैंकको आज एकैदिन २७ करोड ३९ लाख ९३ हजार ९३ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, आइसिएफसि फाइनान्सको २४ करोड २८ लाख, नबिल बैंकको १६ करोड ६७ लाख, लुम्बिनी विकास बैंककहो १६ करोड २३ लाख र साहज उर्जाको १३ करोड ४४ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*