लाभांश घोषणा गरेका नौ हाईड्रोपावर मध्ये ङादी ग्रुप सबैभन्दा उत्कृष्ट, कसको लाभांश कति ?

२८ कार्तिक २०७८, आईतवार १४:३१

काठमाडौं । हालसम्म नेप्सेमा सूचिकृत भएका ९ वटा हाइड्रोपावर कम्पनीहरूले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट आफ्ना शेयरधनीहरुका लागि लाभांश घोषणा गरिसकेका छन् । हालसम्म घोषणा गर्ने कम्पनीमध्ये ङादी गुप्रं पावर कम्पनीले सबैभन्दा धेरै लाभांश घोषणा गरेर आफूलाई उत्कृष्ट कम्पनीको सूचिमा समावेश गर्न सफल भएको छ ।

कम्पनीले २०७७/७८ को नाफाबाट २१ दशमलव ०५ प्रतिशत लाभांश घोषणा गरेको छ भने सबैभन्दा थोरै लाभांश घोषणा गर्ने ४ वटा हाइड्रोपावरले बराबरी १० दशमलव ५२६ प्रतिशत वितरण गर्ने घोषणा गरेका छन् । जसमा सिनर्जी हाईड्रोपावर, रुरु जलविधुत्, सानिमा माई हाईड्रोपावर, अरुण भ्याली हाईड्रोपावर रहेका छन् ।

ङादी गुप्र

ङादी ग्रुप पावरले हाल कायम चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने ११ करोड ७८ लाख २२ हजार बराबरको बोनस सेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशतले हुन आउने ६२ लाख एक हजार एक सय ६१ रुपैयाँ ५ पैसा नगद लाभांश गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यसैगरी कम्पनीले हकप्रद सेयर पनि प्रस्ताव गरेको छ । कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको १ः२ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो ।

अरुण काबेली पावर

अरुण काबेली पावरले गत आर्थिक वर्षको मुनाफाबाट १७ प्रतिशत बोनस सेयर र ०. ८९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको छ । हालसम्म लाभांश घोषणा गर्नेमा अरुण कावेली दोस्रो स्थानमा रहेको छ ।
उक्त लाभांश भदौ २६ गते सम्पन्न भएको कम्पनीको ११औं वार्षिक साधारण सभाले पारित गरिसकेको छ । सभाले बोनस सेयर वितरणपछि कायम चुक्तापूँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्ष को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको करसहित १२.६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावित लाभांश कार्तिक १२ गते सम्पन्न भएको कम्पनीको बीसौँ वार्षिक साधारण सभाले पारित गरिसकेको छ ।

रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी

रैराङ हाइड्रोपावर डेभलपमेण्टले गत आर्थिक बर्षको मुनाफाबाट चुक्ता पूँजीको १२.६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्तावित लाभांश कार्तिक १७ गते, बुधबार सम्पन्न भएको कम्पनीको अठारौं वार्षिक साधारण सभाले पारित गरिसकेको छ ।

अपि पावर कम्पनी

अपि पावर कम्पनीले गत आर्थिक बर्षको नाफाबाट कायम चुक्ता पुँजीको १०.५० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरि कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

रुरु जलविद्युत परियोजना

रुरु जलविद्युत परियोजनाले गत आर्थिक बर्षको मुनाफाबाट चुक्तापुँजीको १० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

अरुण भ्याली हाइड्रोपावर

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टले गत आर्थिक बर्षको नाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगर गरी कूल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीले बोनस सेयर वितरण गरेपश्चात् कायम हुने चुक्ता पुँजीको १ः०.५० अर्थात् ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने घोषणा पनि गरेको छ ।

सिनर्जी पावर डेभलपमेन्ट

सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक बर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने ७ करोड ३३ लाख २५ हजार बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशतले हुन आउने ३८ लाख ५९ हजार ९४ रुपैयाँ ७५ पैसा नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

सानिमा माई हाइड्रोपावर

सानिमा माई हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष को नाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगर गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*