एशियन लाईफ इन्स्योरेन्सले माग्यो ५ जना ब्रान्च म्यानेजर, कति चाहिन्छ शैक्षिक योग्यता ?
२८ कार्तिक २०७८, आईतवार ११:५६
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले काठमाडौं उपत्यका भित्रका लागि ५ जना ब्रान्च म्यानेजर माग गरेको हो ।
जसका लागि स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने कम्पनीले जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले मंसिर ४ गतेसम्म आवश्यक कागजात संकलन गरी कम्पनीको इमेल मार्फत आवेदन दिन सकिने छ ।
सूचना स्रोत ः फाइनान्सियल नोटिस डटकम