एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने भोलि अन्तिम दिन
२८ कार्तिक २०७८, आईतवार ११:४६
काठमाडौं । एक्सल डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले असोज २५ गतेदेखि कात्तिक २९ गते बैकिङ समयसम्मको लागि हकप्रद जारी गरेको हो ।
कम्पनीले १०० रुपैयाँ अंकित दरमा २४ लाख ३३ हजार ३६३ दशमलव ६७४२ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । कम्पनीले उक्त शेयरहरुको हकप्रद निष्काशन गर्नको लागि शेयर दाखिला खारेज बन्द (बुकक्लोज) असोज १ गते नै गरिएको हुँदा बुकक्लोजको दिन भन्दा अघिल्लो दिन कायम शेयरधनीहरुले १०ः३ को अनुपातमा हकप्रदन निष्काशन गरेको हो ।
कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।