झण्डै तीन अर्ब चुक्ता पुँजिको बुटवल पावरले तीन महिनामा कमायो सात करोड मुनाफा

२८ कार्तिक २०७८, आईतवार ०९:३९

काठमाडौं । करिब तीन करोड अर्थात दुई अर्ब ९५ करोड १३ लाख ६१ हजार रुपैयाँ चुक्ता पुँजि भएको बुवटल पावर कम्पनीले चालु आवको तीन महिनामा सात करोड ५८ लाख नौ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

कम्पनीको मुनाफा गत आवको समीक्षा अवधीको तुलनामा दुई करोड ४० लाखले बढि हो । गत आवमा जम्मा पाँच करोड १८ लाख ५७ हजार रुपैयाँ कमाएको कम्पनीले खर्च घटाएको तथा आम्दानीमा बृद्धि गरेका कारण मुनाफा बृद्धि भएको हो ।

कम्पनीले तीन महिनामा २० करोड सात लाख ७३ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवमा जम्मा १९ करोड तीन लाख ८१ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी १.९३ रुपैयाँबाट बढेर २.५७ रुपैयाँ पुगेको छ भने नेटवर्थ प्रतिशेयर २६३.८३ बाट घटेर २४०.०७ मा झरेको छ । त्यस्तै, मूल्य आम्दानी अनुपात १९४.५५ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*