हिमालयन रि–इन्स्योरेन्स कम्पनीको प्रथम वार्षिक साधारण सभा सम्पन्न, आइपीओ प्रस्ताव पारित

२६ कार्तिक २०७८, शुक्रबार १७:५८

काठमाडौं । हिमालयन रि– इन्स्योरेन्स कम्पनीले प्रथम वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभा होटल अपरन्हा, ठमेल, काठमाडौंमा केहिबेर अघि साधारणसभा सम्पन्न भएको कम्पनीका अध्यक्ष शेखर गोल्छाले बताएका छन् ।

कम्पनीको प्रथम साधारण सभाले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ। कम्पनीले आइपीओ निष्काशनको प्रस्ताव राखेपनि कम्पनी नियम बमोजिम ३ आर्थिक बर्षको मुनाफामा सरिक भएपश्चात् मात्र सर्वसाधारणलाई लागि आइपीओ जारी गर्न पाउनेछन् ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्षयले प्रस्तुत गर्ने २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने बिषयमा छलफल सम्पन्न भएको छ। साथै सभामा आ।व २०७७/७८ को लेखा परिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा, नोक्सान, हिसाब तथा नगद प्रवाह विवरण तथा अनुसुचिहरु सहितको वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने सामान्य प्रस्ताव समेत पारित गरेको छ ।

त्यस्तै, उक्त सभामा आर्थिक वर्ष २०७८र७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, सञ्चालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित गर्ने प्रस्ताव पारित गरेको छ । ।कम्पनीले सभामा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सो कार्य गर्न संचालक समितिलाई आवश्यक सम्पुर्ण अधिकार प्रत्योजन गर्ने र संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख वा स्वीकृत गर्ने निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सोही अनुसार गर्न संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव समेत पेश गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*