सुन तोलामा ४ सय रुपैयाँले बढ्यो, कतिमा हुदैछ कारोबार?

२६ कार्तिक २०७८, शुक्रबार १२:०१

काठमाडौं । साताको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य फेरी बढेको छ । बिहिबार १ हजार ३ सय रुपैयाँ बढेको सुन आज पनि ४ सय रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, बिहिबार प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आज भने तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*