एशियन लाइफद्वारा कोरोनाबाट निधन भएका दिनुलाल र राजुका परिवारलाई मृत्यु दावी भुक्तानी

२६ कार्तिक २०७८, शुक्रबार ०९:०३

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स इटहरी शाखाले कोरोना भाइरसको संक्रमणका कारण निधन भएका इनरुवा र मोरङका दुई बीमितका आश्रित परिवारलाई बीमा दावी भुक्तानी बापतको रकम हस्तान्तरण गरेको छ ।

कम्पनीले इनरुवा उपशाखा अन्तर्गतका बीमित दिनुलाल चौधरीकी श्रीमती तिलकुमारी चौधरीलाई निजकै निवास गढी गाउँपालिका औराबनीमा पुगेर हिजो एक लाख ३० हजार ४२० रुपैयाँ हस्तान्तरण गरेको छ । कूल एक लाख चार हजार रुपैयाँको बीमा गराएको चौधरीले बोनससहित सो रकम प्राप्त गरेका हुन् ।

एशियन लाइफ इटहरी शाखा प्रबन्धक कृष्ण भट्टराई, इनरूवा उपशाखा प्रमुख नारायण खनाल लगायतकाले बीमा दावी भुक्तानी बापतको रकम हस्तान्तरण गरेका हुन् । ४ वर्ष अघि एशियन लाइफमा जीवन बिमा गरेका दिनुलालको गत भदौ अन्तिम साता कोभिडका कारण निधन भएको थियो ।

त्यसैगरी, कोरोना भाइरसकै संक्रमणबाट निधन भएका मोरंङ केरावारी ३ का राजु देवानकी श्रीमती गंगामाया लिम्बूलाई एशियन लाइफ इन्स्योरेन्स कम्पनीले पाँच लाख ६६ हजार रुपैयाँ दावी भुक्तानी बापतको रकम हस्तान्तरण गरेको छ । देवानले दुई वर्षको बीमा शुल्क भुक्तानी गरेका थिए ।

एशियन लाइफ इटहरी शाखा प्रबन्धक भट्टराई, बेलबारी उपशाखा प्रमुख श्याम पोखरेल तथा स्थानीय बीमा अभिकर्ताहरुको उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको हो । पाँच लाख रुपैयाँको जीवन बीमा गरेका देवानको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*