पेट्रोलियम पदार्थको मूल्यबृद्धि विरुद्धमा कार्तिक ३० गते नेपाल बन्द गर्ने बिप्लवको घोषणा

२५ कार्तिक २०७८, बिहीबार १७:३५

काठमाडौं । सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यबृद्धिका विरुद्धमा यही कार्तिक ३० गते नेपाल बन्द घोषणा गरिएको छ । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल आयल निगमले गरेको इन्धनको मूल्यबृद्धिका विरुद्धमा यही कार्तिक ३० गते देशव्यापी आमहड्ताल आह्वान गरिएको सो पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामाले बताए ।

नेता लामाले सरकारले जनताको खाने गाँस महंगो बनाएकोले बाध्य भएर नेपाल बन्द जस्तो अप्रिय आन्दोलनको कार्यक्रम घोषणा गर्नु परेको जनाउँदै आम जनतालाई साथ दिन आह्वान गरेका छन् ।

एकीकृत जनक्रान्तिको मार्गमा रहेको नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धिका विरुद्धमा यही कार्तिक २८ गते विहान १०ः०० बजेदेखि ११ः०० बजेसम्म देशव्यापी चक्का जाम गर्ने र नेपालको बन्दको पूर्वसन्ध्यामा कार्तिक २९ गते देशव्यापी मशाल जुलुस प्रदर्शन गर्ने जनाएको छ ।

आज सो पार्टीले काठमाडौँले शान्तबाटिकामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै यही कार्तिक ३० गते नेपाल बन्दको घोषणा गरिएको हो । नेता लामाले पेट्रोलिय पदार्थमा भएको मूल्य बृद्धि फिर्ता नलिएसम्म विभिन्न चरणका आन्दोलनहरु जारी रहने बताए ।

सो पार्टीले सरकारले गरेको पेट्रोलिय पदार्थमा भएको मूल्य बृद्धिले जनताको भान्सामा असर पार्ने भन्दै सरकारले जानी जानी दलालको इसारामा मूल्य बृद्धि गरेको आरोप लगाउँदै नेपाल बन्द जस्तो कडा कार्यक्रम घोषणा गर्न बाध्य भएको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*