१६ प्रतिशत लाभांश पारितका लागि नेपाल इन्भेष्टमेण्ट बैंकले डाक्यो सभा, बुकक्लोज कहिले ?

२५ कार्तिक २०७८, बिहीबार १२:००

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले ३५ औं वार्षिक साधारण सभाको मिति तय गरेको छ । कम्पनीले सभा मंसिर १७ गते दरबारमार्ग काठमाडौंस्थित केन्द्रिय कार्यालयमा गर्ने भएको हो ।

कात्तिक २३ गते बसेको संचालक समितिको बैठकले साधारण सभा प्रयोजन र लाभांश प्रयोजनका लागि बुकक्लोज गर्न नपर्ने जनाएको बछ । नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंक एक आपसरमा गाभ्ने गाभिने प्रयोजनका लागि मिति २०७७।०१।३१ गतेदेखि शेयर कारोबार रोक्का रहेको हुँदा शेयर दाखिला खारेज बन्द (बुकक्लोज) गर्न नपर्ने जानकारी गराएको छ ।

जसअनुसार दुई बैंक एक आपसमा मर्जरमा जानुभन्दा अघि अर्थात् शेयर कारोबार रोक्का हुनुभन्दा अघि कायम रहेका शेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।

कम्पनीले १२.६११ प्रतिशत बोनस शेयर र ३.३८९ प्रतिशत नगद लाभांश (बोनस शेयर र नगद लाभांशको कर प्रयोजनका लागि) गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*