१५ दिनमै आयल निगमले बढायो इन्धनको मूल्य, कुन कतिले बढ्यो ?

२४ कार्तिक २०७८, बुधबार २१:४३

नेपाल आयल निगमले १५ दिनपछि पुन : इन्धनको मूल्य बढाएको छ । नयाँ मूल्य अनुसार पेट्रोल,डिजेल र मट्टितेलमा तीन /तीन रुपैया र एलपी ग्यासमा एकैपटक प्रति सिलिण्डर ७५ रुपैया बढाएको छ ।

यस अघि ५० रुपैया बढाएको निगमले यो पटक भने ७५ रुपैयाले बढाएको हो । निगम सञ्चालक समितिको निर्णय अनुसार बुधबार राती १२ बजेपछि लागू हुने नयाँ मूल्य अनुसार काठमाडौंमा प्रति लिटर पेट्रोल १३६ ,मट्टितेल र डिजेल ११९ रुपैया पुगेको छ । यस्तै एलपी ग्यास प्रति सिलिण्डर १५७५ रुपैया पुगेको छ ।

One thought on “१५ दिनमै आयल निगमले बढायो इन्धनको मूल्य, कुन कतिले बढ्यो ?

  1. अनिल केसी says:

    नेपाल आयल निगममा पनि कुलमान सर जस्तै दक्ष्य ब्यवस्तापकको खाँचो छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*