ग्लोबल आइएमई बैंकका ग्राहकलाई एनसेलको सहयात्री सिम

२४ कार्तिक २०७८, बुधबार १७:२३

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकहरुले एनसेल सहयात्री सिम र यस सिममा पाइने विभिन्न सेवा सुविधाहरुको लाभ लिन सक्ने भएका छन् । ग्राहकले ग्लोबल बैंकमा ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोलेका रहेक रिचार्जमा बोनस, अन्तर्राष्ट्रिय कलमा छुट र ग्लोबल बैंकको मोबाइल बैंकिङका लागि निःशुल्क डेटा सुविधा रहेको एनसेलको सिम कार्ड निःशुल्क पाउँछन् ।

एनसेल आजियाटा लिमिटेड र ग्लोबल आइएमई बैंकबीच ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोल्ने ग्राहकका लागि निःशुल्क सहयात्री सिम उपलब्ध गराउने सम्झौता भएको हो । सम्झौता पश्चात बैंकका खाता खोल्ने ग्राहकले १२ महिनासम्म हरेक महिना ग्लोबल बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोग गर्न २५० एमबी डेटा प्राप्त गर्दछन् । यस योजनामा ग्राहकहरुले २० रुपैयाँ मेन ब्यालेन्स, ७ दिनको लागि २० मिनेट अन नेट टकटाइम, २० वटा अन नेट एसएमएस र २०० एमबी डेटा प्राप्त गर्नेछन् ।

त्यस्तै, सिम सुचारु भएको पहिलो दिनमा भएको १ सय रुपैयाँ वा सोभन्दा बढिको रिजार्चमा ग्राहकले १०० मिनेट अन नेट टक टाइम र १०० एमबी डेटा ७ दिनसम्म मान्य हुनेछ । यसका साथै ग्राहकले १२ महिनासम्म हरेक रिचार्जमा १० प्रतिशत रिचार्जमा बोनसको फाइदा लिन सक्छन भने भारत, मलेसिया तथा खाडी मुलुकमा कल गर्ने शुल्कमा छुटको फाइदा पनि लिन सक्छन् ।
ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता अन्तर्गत खाता खोल्ने ग्राहकहरुले डेबिट कार्ड, १ वर्षको लागि निःशुल्क इन्टरनेट वा मोबाइल बैंक सुविधा लिन सक्ने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*