दराजसँगको साझेदारीमा नबिल बैंकले ल्यायो क्यासब्याक अफर

२४ कार्तिक २०७८, बुधबार १२:४६

काठमाडौं । नबिल बैंकले दराजसँगको साझेदारीमा आफ्ना ग्राहकहरुको लागि सुनौलो अफर ल्याएको छ । बैंकले दराजको ११ः११ को अवसरमा उक्त अफर ल्याएको हो ।

सोही अफरअन्तर्गत बैंकका ग्राहकहरुले डेबिट कार्डममार्फत १५ प्रतिशत छुट वा अधिकतम ३ हजार क्यासब्याक र क्रेडिट कार्डमार्फत १५ प्रतिशत छुट वा अधिकतम ३ हजार ५०० सम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

बैंकले दराजसँगको साझेदारीमा कात्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म कायम हुने उक्त अफर ल्याएको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*