शिव श्री हाइड्रोपावर १० करोड ३३ लाख रुपैयाँ नोक्सानमा

२४ कार्तिक २०७८, बुधबार १२:०१

काठमाडौं । शिव श्री हाइड्रोपावरले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनी नोक्सानीमा रहेको छ ।

पहिलो त्रैमाससम्ममा कम्पनीले १० करोड ३३ लाख ३९ हजार रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्षको असार मसान्तसम्ममा कम्पनीको खुद नाफा १ करोड ८४ लाख १० हजार रुपैयाँ रहेको थियो ।

असोज मसान्तसम्म आइपुग्दा कम्पनीले विद्युत बिक्री मार्फत ४ करोड ३६ लाख ५६ हजार रुपैयाँ कमाएको छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । समिक्षा अवधिमा कम्पनीको सञ्चालन नाफामा ३ करोड ५२ लाख ६१ हजार रुपैयाँ रहेको छ ।

प्रतिशेयर आम्दानी २८ रुपैयाँ ६९ पैसा ऋणात्मक छ भने प्रतिशेयर नेटवर्थ ९४ रुपैयाँ १० पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*