मेगा बैंकद्धारा लाभांश घोषणा, कति दिँदै छ बोनस शेयर ?

२३ कार्तिक २०७८, मंगलवार १६:२०

काठमाडौं ।  मेगा बैंकले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरेको छ । बैंकको आज बसेको संचालक समितिको बैठकले सेयरधनीलाई १२ दशमलव ०७ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको सो मात्राको अर्थात एक अर्ब ७६ करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले नगद लाभांश भने प्रस्ताव गरेको छैन ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

One thought on “मेगा बैंकद्धारा लाभांश घोषणा, कति दिँदै छ बोनस शेयर ?

  1. Damaru ballav ghimire says:

    dherai Ramro lavansa ho, dherai dhanyabad xa mega team lai, t q Aanupa khujeely mam! !!

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*