कामना सेवा विकास बैंकको साधारण सभा भोलि, यस्ता छन् एजेण्डा

२२ कार्तिक २०७८, सोमबार १७:३९

काठमाडौं । कामना सेवा विकास बैंकले १५ औं वार्षिक साधारण सभा भोलि (कात्तिक २३ गते) बस्ने भएको छ । सभा काठमाडौं जिल्लाको बूढानीलकन्ठको पार्क भिजेल रिसोर्टमा बिहान १० बजेका लागि आब्हान गरेको हो ।

उक्त सभाले बैंकले गत आर्थिक बर्षको मुनाफाबाट लगानीकर्तालाई १८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९७ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभा र लाभांश वितरणका लागि बैंकले कात्तिक १० गते एक दिन बुक क्लोज गरेकाले कात्तिक ९ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

त्यस्तै , सभाले अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्न संचालक समिति अख्तियारी प्रदान गर्न र गत आर्थिक बर्षको वासलात, नाफा नोक्सान र नगद प्रवाह माथि छलफल गर्न प्रस्ताव समेत अगाडि लैजाने कम्पनीले जनाएको छ । साथै चालु आर्थिक बर्षको लागि लेखा परीक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्न प्रस्ताव समेत पारित गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*