मुक्तिनाथ क्यापिटलको विशेष साधारण सभा भोलि, हकप्रद शेयर प्रस्ताव पारित मुख्य एजेण्डा

२२ कार्तिक २०७८, सोमबार १२:५१

काठमाडौं । मुुक्तिनाथ क्यापिटल लिमिटेडले विशेष साधारण सभाको भोलि (कात्तिक २३ गते) बस्ने गरी आव्हान गरेको छ । सभा बैंकको केन्द्रिय कार्यालय काठमाडौ प्लाजा कमलादीमा गते बिहान ११ बजे विद्युतिय माध्यमबाट बस्ने गरी तय भएको हो ।

उक्त सभाले अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि र चुक्तापूँजीको आधारमा एक शेयर बराबर एक शेयरको अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । साथै प्रबन्धपत्रमा प्रस्तावित संशोधनको सम्बन्धमा नियमकारी निकायबाट थपघट, परिवर्तन वा संशोधनको निर्देशन भएमा सोही बमोजिम थपघट र सो गर्नेका लागि संचालक समितिलाई अख्तियारी दिने सम्बन्धी बिशेष प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*