नेपाल लाइफको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी चौधरीलाई

२२ कार्तिक २०७८, सोमबार १०:५६

काठमाडौं । नेपाल लाइफको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुशिल कुमार चौधरीलाई दिएको छ । कम्पनीको संचालक समितिको बैठकले सिईओ सन्तोष प्रसाईले दिएको राजिनामा स्वीकृत गर्दै डेपुटी सिइओ सुशिल कुमार चौधरीलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो ।

कम्पनीको हिजो बसेको संचालक समितिको बैठकले चौधरीलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो । यसअघि उनी कम्पनीको डेपुटी सिइओमा कार्यरत थिए । कम्पनीको सिईओ प्रसाई ८ महिना पनि पुरा नभई बाहिरिएका छन् ।

One thought on “नेपाल लाइफको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी चौधरीलाई

  1. Girija Prasad Chaudhary says:

    Congratulations Chaudhary sir

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*