गुराँस लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, साधारणसभा कहिले ?

२२ कार्तिक २०७८, सोमबार ०५:५५

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५।७८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले आगामी मंसिर १० गते बोलाएको वार्षिक साधारण सभाका लागि कात्तिक २३ गते बुक क्लोज गर्ने भएकाले आज सोमबारसम्म कायम शेयरधनीले मात्र लाभांश प्राप्त गर्ने पाउने छन ।

सभा कम्पनीको प्रधान कार्यालय राज भवन तिनकुने काठमाडौंमा बिहान ११ बजे भिडियो कन्फ्रेन्सको माध्यमबाट बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले कम्पनीको आर्थिक वर्ष २०७५।०७६ को नाफाबाट लगानीकर्तालाई ५।५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।२८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*