नेप्सेमा सूचीकृत २६ लघुवित्तहरुको लाभांश घोषणा, कुन कम्पनीको लाभांश कति ?

२२ कार्तिक २०७८, सोमबार ०८:३९

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लघुवित्तहरुले लाभांश घोषणा गरिरहेका छन् । अहिलेसम्म झन्डै आधा माइक्रोफाइनान्सले आफ्ना सेयरधनीका लागि लाभांश घोषणा गरिसकेका छन् ।नेप्सेमा सूचीकृत भएका ५६ वटा लघुवित्तमध्ये २६ वटा कम्पनीले लाभांश घोषणा गरेका हुन् ।

२६ मध्ये सबैभन्दा बढी महिला लघुवित्तले ५० प्रतिशत र सबैभन्दा कम एनआईसी एसिया लघुवित्तले ५.४१ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
महिला लघुवित्तले ४७ दशमलव ५ प्रतिशत बोनस र २ दशमलव ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । सबैभन्दा कम लाभांश घोषणा गरेको एनआईसीले ५.४१ प्रतिशत नगद मात्रै लाभांश दिने घोषणा गरेको हो।

महिला लघुवित्त पछि बढी लाभांश दिनेमा गर्ने कम्पनीमा स्वाभिमान लघुवित्त रहेको छ । उसले ३४ प्रतिशत लाभांश घोषणा गरेकोमा ३२.३ प्रतिशत बोनस र १.७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
लाभांश घोषणा गरेका कम्पनीमा सबैभन्दा बढी बोनस महिलाको ४७.५ प्रतिशत, स्वाभिमानको ३२.३, उन्नती सहकार्यले ३२ प्रतिशत, सबैको लघुवित्तले ३१.०५ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सले ३० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

लाभांश घोषणा गरेका कम्पनीमा ५ वटाले २० प्रतिशतभन्दा कम लाभांस दिने घोषणा गरेका छन् । जसमा एनआईसी एसिया ५.४१ प्रतिशत, मनकामना लघुवित्तले १७ प्रतिशत, फस्ट माइक्रोफाइनान्सले १०.५३ प्रतिशत, गुराँस लघुवित्तले १७.८ प्रतिशत, आरएसडिसी लघुवित्तले १०.५३ प्रतिशत लाभांश घोषणा गरेका छन् ।

अधिकांश कम्पनीले बोनस सेयरलाई प्राथमिकता दिएका छन् । केही कम्पनीले नगद लाभांश नदिइ बोनसमात्रै दिने प्रस्ताव गरेका छन् ।

नगद लाभांश नदिने कम्पनीहरुमा ग्लोबल आइएमई लघुवित्त, स्वरोजगार लघुवित्त, मिर्मिरे माइक्रोफाइनान्स, मनकामना स्मार्ट लघुवित्त, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था र उन्नती सहकार्य लघुवित्तले बोनसलाई मात्रै प्राथमिकता दिएका छन् ।

S.N Company Bonous Cash Total
1 Miremire laghubhita 20 0 20
2 Deprosc Laghubitta Bittiya Sanstha Limited 20 1.053 21.053
3 First Microfinance Laghubitta Bittiya Sanstha Limited 10 0.53 10.53
4 Swarojgar Laghubitta Bittiya Sanstha Limited 25 0 25
5 Sadhana Laghubitta Bittiya Sanstha Limited 25 1.32 26.32
6 Gurans Laghubitta Bittiya Sanstha Limited 16.9064 0.8894 17.796
7 Civil Laghubitta Bittiya Sanstha Limited 19 1 20
8 RSDC Laghubitta Bittiya Sanstha Limited 10 0.5263 10.5263
9 Laxmi Laghubitta Bittiya Sanstha Limited 20 7.3684 27.3684
10 Swabhimaan Laghubitta Bittiya Sanstha Limited 32.3 1.7 34
11 Asha Laghubitta Bittiya Sanstha Limited 25 1.3158 26.3158
12 NIC Asia Laghubitta Bittiya Sanstha Limited 0 5.41 5.41
13 Mero Microfinance Laghubitta Bittiya Sanstha Limited 20 1.0526 21.0526
14 Sabaiko Laghubitta Bittiya Sanstha Limited 31.05 1.63 32.68
15 Global IME Laghubitta Bittiya Sanstha Limited 28 28
16 Swabalamban Laghubitta Bittiya Sanstha Limited 19 6 25
17 Mahila Laghubitta Bittiya Sanstha Limited 47.5 2.5 50
18 Nerude Laghubitta Bittiya Sanstha Limited 21.4876 1.1309 22.6185
19 Support Laghubitta Bittiya Sanstha Limited 30 1.5789 31.5789
20 Ganapati Laghubitta Bittiya Sanstha Limited 19 1 20
21 NADEP Laghubitta Bittiya Sanstha Limited 20 1.053 21.053
22 Unnati Sahakarya Laghubitta Bittiya Sanstha Limited 32 0 32
23 NMB Laghubitta Bittiya Sanstha Limited 21.5 1.13 22.63
24 Mahuli Samudayik Laghubitta Bittiya Sanstha Limited 26 0 26
25 Samata Gharelu Laghubitta Bittiya Sanstha Limited 20 5 25
26 Manakamana Smart Laghubitta Bittiya Sanstha Limited 17 0 17

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*