सिईओ बनेको ७ महिनामै नेपाल लाइफका सन्तोष प्रसाईद्वारा राजिनामा

२१ कार्तिक २०७८, आईतवार १७:२६

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा सिईओ बनेको सात महिना १० दिनमा सन्तोष प्रसाईले राजिनामा दिएका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा गत जेठ महिनादेखि व्यवस्थापनसँग कुरा मिल्न छोडेका सिईओ प्रसाईले आज पदबाट राजिनामा दिएको घोषणा गरेका छन् । बीमापोष्टसँग प्रतिक्रिया दिँदै सिईओ प्रसाईले भने, ‘अन्ततः मैले पदबाट राजिनामा दिए, आजै लिखित राजिनामा कम्पनीमा बुझाए ।’

स्रोतका अनुसार उनले केही दिन पहिले नै राजिनामा दिइसकेका थिए । तर, बीमापोष्टसँग प्रतिक्रिया दिँदै आजै मात्र आफूले पदबाट राजिनामा दिएको बताएका छन् । आज सार्वजनिक विदा भएकोले घरैबाट राजिनामा पत्र पठाएको बीमापोष्टलाई बताए । तर, आज कार्यालय नखुलेकोले तिहार अघि नै राजिनामा दिएको विश्वास गरिएको छ । यसअघि प्रसाईले तत्काल राजिनामा नदिने बताउँदै आएका थिए ।

गत वर्षको साउन १ गतेदेखि कामु सिईओको जिम्मेवारी सम्हालेर गत चैत्र ११ गतेमात्रै बीमा समितिबाट सिईओ पदमा नियुक्तीका लागि स्वीकृति प्राप्त गरेका थिए । माघ २७ गते सिईओ नियुक्त गर्ने निर्णय गरिए पनि प्रक्रिया पूरा हुनै झण्डै डेढ महिना समय लागेको थियो ।

व्यवस्थापनसँग उनको के कारणले असहमति रह्यो भन्ने कुरा खुलाउन चाहेनन् । उनले भने, ‘कुनै प्रकारको असहमति नै त होइन, उहाँहरुको योजना र मेरो योजनाको बीचमा तालमेल मिलेन, पदमा बसिरहन उचित ठानिन ।’ सिईओ प्रसाईले खास ठूलो असहमति नरहे पनि ‘कम्फर्ट’का लागि राजिनामा दिएको प्रतिक्रिया दिएका छन् ।

One thought on “सिईओ बनेको ७ महिनामै नेपाल लाइफका सन्तोष प्रसाईद्वारा राजिनामा

  1. भेष कुमारी (बि.के.)राई says:

    सन्तोष सरले राजिनामा दिनु भएको खबर सम्प्रेषणले दु:ख लागे तापनि हरेक समस्या र चुनौती अवसरमा स्वीकार्नु पर्छ।सर र समिति बीचको बेमेलमा अनभिज्ञ छु। सन्तोष प्रसाईं सर जहाँ रहनु भए तापनि सु-स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*