सन नेपाल लाइफको ब्यतित बीमालेखहरुमा पुनर्जागरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा छुट

२० कार्तिक २०७८, शनिबार १८:४४

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्यतित बीमालेखहरुमा पुनर्जागरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा छुट प्रदान गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै र्तोिकएको समयसम्म पुनर्जागरण गराएमा बिलम्व शुल्कमा शत प्रतिशत छुट प्रदान गरिने जनाएको हो ।

उक्त कम्पीबाट जारी भई समयमै नविकरण बीमाशुल्क भुक्तानी हुन नसकी व्यतित भएका बीमालेखहरुमा सो मितिसम्म पुनर्जागरण गराएमा बीमा समितिबाट जारी ‘जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७८’ को शर्तहरुको अधीनमा रही विलम्ब शुल्कमा शत प्रतिशत छुट दिने भएको हो ।

उक्त ब्याज छुट सुविधा २ वर्ष अगाडिदेखि व्यतित भएको बीमालेखको हकमा मात्र लागू हुने र ब्याज छुट सुविधा बीमा अवधिभरमा एकपटकमात्र उपभोग गर्न सकिने कम्पनीले जनाएको छ ।

साथै कम्पनीले सो अवधिमा बाँकी रहेका नविकरण बीमाशुल्कहरु भुक्तानी गरी बीमालेखरु सक्रिय बनाउन सम्पूर्ण बीमित तथा अभिकर्ताहरुलाई अनुरोध गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*