स्वेतगंगा हाइड्रो पावर एन्ड कन्स्ट्रक्सनको आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन

२० कार्तिक २०७८, शनिबार ०८:०९

काठमाडौं । स्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन कम्पनीले पौने ४८ करोड रुपैयाँ बढीको आईपीओ निष्कासनको लागि बोर्डमा आवेदन दिएको छ । कम्पनीले ४७ करोड ७९ लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति मागेको छ।

स्वेतगंगाले आईपीओ निष्कासनको अनुमति माग्दै गत कात्तिक १० गते नेपाल बोर्डमा आवेदन दिएको हो। बोर्डबाट अनुमति पाएमा कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४७ लाख ७९ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ। यो आईपीओ कम्पनीले स्थानीय र सर्वसाधारणका लागि निष्कासन गर्नेछ।कम्पनीको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*