राष्ट्र बैंकद्धारा जीएमई पेको अनुुमति खारेज
१७ कार्तिक २०७८, बुधबार १३:१९
काठमाडौं । नेपाल राष्ट्र बैंकले सञ्चालनमा आउन नसकेको जीएमई पेको अनुमति खारेज गरेको छ । बैंकले एक सूचना सार्वजनिक गर्दै जीएमई पे प्राइभेट लिमिटेडको अनुमति आरेज गरेको हो ।
राष्ट्र बैंकले २०७७ असोज २२ गते जिएमई पे प्राइभेट लिमिटेड लैनचौर काठमाडौंलाई भुक्तानी सेवा प्रदायकको कार्य गर्न अनुमति दिएको थियो । भुक्तानी विनियमावली २०७७ को विनियम ३५ को उपविनिमय १ को ब्यवस्था बमोजिम खारेज गरेको जनाएको छ ।