सामलिङ पावरको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ नियुक्त
१७ कार्तिक २०७८, बुधबार १२:४७
काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडले शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।
कम्पनीको संचालक समितिको बसेको बैठकले कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरसँग सम्बन्धित सम्पूर्ण कार्य गर्ने जिम्मेवारी एसबिआई मर्चेण्टलाई दिएको हो ।