लक्ष्मी लघुवित्तको खुद नाफा ४ करोड ६६ लाख, अन्य सूचक कस्तो ?

१७ कार्तिक २०७८, बुधबार ११:३८

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म खुद नाफामा उत्कृष्ट सुधार गरेको छ ।

गत वर्षको सोही अवधिसम्म २ करोड ७७ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको संस्थाले यस अवधिमा ४ करोड ६६ लाख ८८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको तुलनामा चालु आवको खुद नाफा २ करोड भन्दा धेरै रकमले बढी हो ।

गत वर्ष १ अर्ब १२ करोड २ लाख २७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाले चालु आवको पहिलो त्रैमासमा १ अर्ब ३५ करोड ५९ लाख रुपैयाँ खुद ब्याज आम्दनी गरको छ । साथै कम्पनीले संचालन मुनाफा समेत बढाएको छ ।

यस अवधिमा यस्तो मुनाफा ७ करोड ४१ लाख रुपैयाँ आर्जन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले ४ करोड ३९ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको थियो । संचालन मुनाफा र खुद ब्याज आम्दानी बढ्दा कम्पनीको खुद नाफा बढ्न पुगेको हो ।

साथै यस अवधिमा कम्पनीको चुक्तापूँजी ३२ करोड रहेकोमा कम्पनीको मूल्य आम्दानी अनुपात (सिडि रेसियो) ३१.७० रहेको छ । साथै वार्षिकी प्रतिशेयर आम्दानी (इपिएस) ५८.३५ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ २२८ रुपैयाँ २३ पैसा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*