कालिका लघुवित्तको खुद नाफामा उत्कृष्ट प्रदर्शन, अधिकांश सूचकमा देखियो सुधार

१७ कार्तिक २०७८, बुधबार ११:१३

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेकोमा विवरणमा संस्थाकोे खुद नाफामा उत्कृष्ट सुधार देखिएको हो ।

संस्थाले असोज मसान्तसम्ममा खुद नाफा ४ करोड ८० लाख १७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको नाफा ४१ लाख ८८ हजार रुपैयाँ ऋणात्मक रहेको थियो ।

समिक्षा अवधिमा संस्थाको चुक्तापूँजी २७ करोड ७५ लाख ६३ रुपैयाँ रहेकोमा वार्षिक प्रतिशेयर आम्दानी ६.६४ रुपैयाँ ऋणात्मकबाट बढेर ६९.२० रुपैयाँ पुुगेको छ । जगेडा कोषमा १९ करोड ३४ लाख २ हजार रुपैयाँ रहेको छ ।

पहिलो त्रैमाससम्मको अवधिमा संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि सुधार देखिएको छ । खुद ब्याज आम्दानी ७ करोड ६३ लाख ५७ हजार र सञ्चालक नाफा २ करोड ५९ लाख २८ हजार आर्जन गरेको छ ।

असोेज मसान्तसम्ममा संस्थाको चुक्ता पूँजी १० प्रतिशत, जगेडा कोष ३०.७८ प्रतिशत, कर्जा ३९.८६ प्रतिशत, खुद ब्याज आम्दानी २०.१९ प्रतिशतले बढेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*