मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

१७ कार्तिक २०७८, बुधबार १०:५१

काठमाडौं । मेगा बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १७ हजार ९७१ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

कम्पनीका संस्थापक शेयरधनी विसन शाक्यको नाममा रहेको १ हजार ८३४ कित्ता, नारायण कुमार श्रेष्ठको नाममा रहेको ५ हजार ३७९ कित्ता र अर्का संस्थापक शेयरधनी नारायण कुमार श्रेष्ठको नाममा रहेको १० हजार ७५८ कित्ता शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी बैंकको केन्द्रिय कार्र्यालय कमलादी काठमाडौंमा आवेदन दिनु पर्नेछ ।

साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*