ज्योति लाइफद्वारा बीमा समितिको निर्देशन विपरित नगद लाभांश प्रस्ताव

१६ कार्तिक २०७८, मंगलवार १६:२६

काठमाडौं । कोरोना महामारीको समयमा सार्वजनिक कम्पनीहरुका लागि सरकारले नगद लाभांश नदिने र बोनस शेयरमार्फत पुँजि बृद्धि गर्ने नीति अघि सारेको छ । सोही बमोजिम नेपालका कुनै पनि बैंकहरुले नगदमा भन्दा बोनस शेयर लाभांश दिने निर्णय गरिसकेका छन् ।

बीमा क्षेत्रमा पनि सरकारी यही नीति अघि बढाउने निर्णय बीमा समितिले गरेको भएपनि ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले भने त्यसको उल्लंघन गरी आधा नगद र आधा बोनस शेयर प्रस्ताव गरेको छ । ज्योति लाइफको आइतबार बसेको सञ्चालक समितिको बैठकले पाँच प्रतिशत बोनस शेयर र ५.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । यद्यपि उक्त निर्णय बीमा समितिबाट स्वीकृत हुन बाँकी छ ।

बीमा समिति स्रोतले सरकारी नीति अनुसार नै लाभांश वितरण गर्न दिइने जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*