नेको इन्स्यारेन्सको साढे १५% बोनस शेयर सूचिकृत
१६ कार्तिक २०७८, मंगलवार १६:१२
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको १५.५० प्रतिशत बोनस शेयर आज सूचिकृत भएको हो ।
सोही प्रतिशतका दरले हुन आउने २० लाख ४२ हजार १९ कित्ता बोनस शेयर आज सूचिकृत भएको हो । सूचिकृतपश्चात लगानीकर्ताले भोलिदेखि नै उक्त शेयर खरिदबिक्री गर्न पाउनेछन् ।